धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा ७ सय ६६ सक्रिय संक्रमित, कुन जिल्लामा कति ?

सुदूरपश्चिममा ७ सय ६६ सक्रिय संक्रमित, कुन जिल्लामा कति ?

धनगढी

 सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टी भएका मध्य ७ सय ६६ जना उपचाररत अर्थात सक्रिय संक्रमित रहेका छन् ।

 शनिबार डडेलधुरा अस्पतालमा १ र सेती अस्पताल धनगढीमा १३ गरी थप १४ जनामा संक्रमण पुष्टी भएसंगै सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ७ सय ६६ पुगेको हो ।

 सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालको तथ्याङ्क अनुसार हाल सम्म डोटीमा सवैभन्दा बढी २ सय ६८ र बैतडीमा सवै भन्दा कम ५ जना सक्रिय संक्रमित रहेका छन् ।

 यसै गरी बझाङमा १ सय ७३ सक्रिय संक्रमित रहेकोमा कैलालीमा पनि १ सय ७३ जना नै सक्रिय संक्रमित रहेका स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैगरी अछाममा ८२, कञ्चनपुरमा ४१, डडेल्धुरामा १०, दार्चुलामा ७ र बाजुरामा ८ जना सक्रिय संक्रमित रहेका छन् ।

 हाल सम्म सुदूरपश्चिममा ५ हजार १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा चार हजार ३ सय ४७ जना संक्रमण मुक्त भएर घर गएका छन्, भने ९ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालयका प्रबक्ता सुरेश ओखेडाले बताए ।


ट्रेन्डिङ