धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

बलिवुड निर्देशक अनुराग कश्यप बिरुद्ध यौन शोषणका् उजुरी

बलिवुड निर्देशक अनुराग कश्यप बिरुद्ध यौन शोषणका् उजुरी

बलिउडकी एक कलाकारले  निर्देशक अनुराग कश्यपविरुद्ध यौन शोषणको उजुरी दर्ता गरेकी छिन् । ६ वर्षअघि आफ्नै घरमा अनुरागले आफूमाथि यौन शोषण गरेको आरोप लगाउँदै कलाकार पायल घोषले वकिल नितिन सतपुतेको उपस्थितिमा अनुराग विरुद्ध वर्सोवा पुलिस स्टेशनमा लिखित उजुरी दर्ता गराएकी हुन् ।

  पायलले केही दिन अघि ट्वीटर मार्फत अनुरागमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । तर बलिउड अभिनेत्रीहरु भने अनुरागले त्यसो गर्न नसक्ने भन्दै उनको पक्षमा उभिएका छन् ।

अनुरागले पनि आरोप आधारहीन र आफुमाथिको आक्रमण भएको टिप्पणी गर्दै आएका छन् ।


ट्रेन्डिङ