धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाँके निकुन्जका वार्डेन र सहायक वार्डेन अख्यितारको नियन्त्रणमा

बाँके निकुन्जका वार्डेन र सहायक वार्डेन अख्यितारको नियन्त्रणमा

नेपालगन्ज

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) प्रमोद भट्टराई  सहित दुई जनालाई सोमबार नियन्त्रणमा लिएको छ । आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले प्रमुख संरक्षण अधिकृत र भट्टराई सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई  नियन्त्रणमा लिएको हो । 

 विशेष सुचनाका आधारमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत र  स्रोत नखुलेको स्रोत नखुलेको करिव ९ लाख रुपैया सहित बिहान साढे ११ बजे  नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सुचना अधिकारी सुरेश भुषालले बताए ।

बा.२ झ. १८७३ नं. को गाडीमा गइरहेको बेला सैनामैना नगरपालिका वडा नं. १० लालझण्डी रुपन्देहीबाट उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको हो । उनीहरुको  साथबाट  स्रोत नखुलेको .३ लाख ४८ हजार रुपैया नगद र ५ लाख ५५ हजारको बिभिन्न मितिको बैंक भौचर सहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।


ट्रेन्डिङ