धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेपालगन्ज कारागामा प्रहरी र बन्दी गरि १३ जनामा कोरोना पुष्टि

नेपालगन्ज

  जिल्ला कारागार कार्यालय बाँकेमा कार्यरत छ प्रहरी र ७ जना बन्दी गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

   भेरी अस्पताल नेपालगन्जमा मंगलबार गरिएको परिक्षणमा प्रहरी र बन्दी गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

   कारागारका जेलर देवेन्द्र श्रेष्ठका अनुसार २१ जना बन्दीको स्वाबको नमूना परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो । जेलर श्रेष्ठले भने, ‘सबै जनाको स्वाब संकलन भएको थिएन । रेन्डमली सबै कोठामा बसेकाहरुको परीक्षण गर्दा सात जनामा कोरोना देखिएको खबर आएको छ ।’

  कारागारमा कार्यरत  वडा प्रहरी कार्यालयका प्रहरीको स्वाब संकलन गरिएको थियो । ६ जना प्रहरीलाई पनि कोरोना पुष्टि भएको छ ।


ट्रेन्डिङ