धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोरोनाले बदलिदै छ संसार

  गत बर्ष पुष माघतिर चीनको बुहानका समाचारहरु सुन्दा आजको जस्तो स्थितिको परिकल्पना कमैले गरेका भए पनि चीन सरकारलाइ यसको अन्दाजा भइसकेको जस्तो लाग्थ्यो । त्यसैले चीनले त्यति बेलै कोरोना नियन्त्रणमा आफ्नो पुरै शक्ति लगायो ।

  मानिसले प्रकृतिलाइ अति अनियन्त्रित तरिकाले दोहन गरेपछि मानिस र अन्य जीवहरुको सामीप्यता बढ्यो । अन्य जीवहरुमा पाइने वा अन्य जीवहरुको जीनको संयोजनबाट बन्ने कैयौ भाइरसहरु मानिसको जीवनका लागि मृत्यु कारक पनि देखिए, पर्यावरणीय असन्तुलन र मानिसको ब्रह्माण्डीय खोज तथा नया नया भाइरल प्रयोगहरु र मानिसको शरिरमा देखिने जीनेटीक परिवर्तनका कारण नया नया रोगहरु देखिदै जाने कुरा अवश्यम्भाबी बन्यो । प्रकृतिका निर्दोष लाखौ प्राणी जीउदै खादै हिड्ने मानिसले संसार भरिदै गएपछि त्यसको सजाय सारा मानब जातिले पाउदै गयो ।

  भाइरोलोजीका बिज्ञ अनुसन्धानकर्ताहरुलाइ पहिले नै थाहा थियो की यस्तै कुनै नया भाइरस मानिसमा संक्रमण हुनेछ । तर त्यसको स्वरुप, प्रभाव र सर्ने गति यकिन थिएन । कोरोना बर्गको नया भाइरस मानिसमा देखा परेपछि यसको सर्ने गति उच्च देखियो । आजसम्मका अनेक अनुसन्धानबाट धेरै कुराहरु पत्ता लगाइदै छन् । यसको बिरुद्ध खोप बनाउन पनि तिब्र प्रयास भइरहेको छ ।

 आज भदौको पहिलो सातासम्ममा नेपालमा कोराना संक्रमण समुदाय स्तरमा छ की छैन भन्ने बिषयमा मतैक्यता छैन । यस बिषयमा मेरो ब्यक्तिगत बिचार चाहि के हो भने चीनले गरेको त्यस्तो कडा प्रयासका बाबजुद पनि पुर्ण नियन्त्रण गर्न त्यति कठीन भयो भने नपालमा त खाली लकडाउनको नाम मात्र छ । यस अर्थमा कोरोना भाइरस वा यस्तै अन्य भाइरसहरुको संक्रमण अहिले ब्यापक भइरहेको कुरा अस्पतालमा, निजि क्लिनिकमा र गाउघरका बैद्यहरुकोमा खचाखच भरिएका बिरामीहरुको प्रकृतिको तथ्याङ्क लिएमा स्पष्ट होला ।

  नेपालमा कोरोना बिज्ञहरुले भाइरस संक्रमण क्लष्टर इन केसको अवस्थामा रहेको हुन सक्ने बताइरहदा क्लष्टर इन केस बाट कम्युनिटि इन केसमा पुग्नबाट रोक्नका लागि के के गरिएको छ ? कसरी कतिञ्जेल रोक्न सकिन्छ ?  यदि रोक्न सकिदैन भने कति ढिलो चाडो समुदायमा संक्रमण्म जान सक्छ ? यसको गहन र ब्यापक अध्ययन किन भइरहेको छैन ? भएको छ भने के छ ?

  कुरा के स्पष्ट छ भने हामी समुदाय भरी नै अस्वस्थ त छौ । तर भाइरसहरु, ब्याक्टेरीयाहरु वा जीनेटीक डीसअर्डर वा अन्य कारणहरु हामीलाइ थाहा हुदैनन् र नेपाल जस्तो देशमा पुर्ण रुपमा अध्ययन अनुसन्धान पनि हुदैन । शंकाकै भरमा दिएको औषधिले  केही दिनमै ज्वरो निको भएमा हामी स्वस्थ्य मानिन्छौ । हाम्रो देशमा यस्तो अवस्था नया चाहि होइन । बर्षेनी यही हाल भइरहन्थ्यो । तर यस बर्ष कोरानाको कहर छ । बाकी बिश्व पनि कोभिड १९ बाट पिडीत छ । त्यसैले हामी पनि सरकारको मुख ताकिरहेका छौ । नत्र त कर्णालीमा गाउ भरी सयौ जना मरिसके पछि पनि कुनै अज्ञात कारणबाट भन्ने समाचार आउथ्यो । यस हिसाबले त नेपालीले कोरानाको भयानक मातम हेर्न बाकी नै पनि हुन सक्छ ।

 कोराना भाइरसलाइ बैज्ञानिकहरुले पत्ता लगाए अनुसन्धानहरु भइरहेकै छन् । अझै अपुर्ण नै छन् । बिज्ञान आफैमा अबिच्छिन्न खोज हो । तर एउटा सामान्य मानिसले भने आफुले पाएका सुचना र तथ्यहरुका आधारमा एउटा बिश्वास बनाउछ । यसरी अनेक मानिसका अल्प र अपुर्ण ज्ञानबाट बनेका यी करोडौ बिश्वासहरुबाट बिश्व समुदाय तरंगित भइरहन्छ ।

  कैयौ बिद्धानहरुले भाइरोलोजीलाई कस्मोलोजिसंग मिसाएर सुर्यमा प्रत्येक ११ बर्षमा आउने परिबर्तनले पृथ्बीको प्राणी जगत प्रभाबित हुने कुरा देखाएका छन् भने अरु केही बिज्ञान इतरका बिद्धानहरु सुर्य र ब्रह्माण्डमा सक्रिय कैयौ शक्तिहरुको कार्य प्रणाली पछाडी भगवान जस्तो कुनै तत्व रहेको जिकीर गर्दछन् । यद्यपि काल्पनिक जस्ता लाग्ने यी कुराहरु देशहरुका बीचमा हुने राजनितिक, आर्थिक, सांस्कृतिक, द्धन्द्ध भन्दा परका कुरा हुन् ।  तर जे भए पनि ब्यक्तिगत रुपमा प्रत्येक मानिस आफनो बोधमय स्वरुपसंग अनभिज्ञ नै छ । त्यसैले एउटा अज्ञात तत्व प्रति सधै उत्सुक र समर्पित रहिरहन्छ ।

 केही धर्मभीरुका अनुसार हिन्दु धर्मका आराध्य मानिने शिबको निबास मानिने कैलाश आजको चीनको भौगोलिक क्षेत्रमा पर्दछ । यो क्षेत्र पुरातात्विक उत्खननका लागि बन्द मानिन्छ । तर सम्पुर्ण बिश्वलाइ नेतृत्व दिने तिब्र महत्वाकांक्षा राखेको चीनले बैज्ञानिक र पराभौतिक प्रयोगका क्रममा कैलाशको क्षेत्रमा गोप्य रुपमा पुरातात्विक खोज गरेको नहोला भन्न सकिन्न, चलचित्र प्रमीथियसले कल्पना गरेको प्रोजेक्टलाइ कैलाश क्षेत्रमा साच्चीकै लगाइएको भए सुर्य र ब्रह्माण्डीय शक्तिसंग जोडिएको मान्न सकिने कैलाशमा भएको छेडखानीले दुनियामा सम्पुर्ण सन्तुलन बिग्रन सक्छ । कल्पना गरौ यदि भबिष्यमा पनि यस्तो भयो भने मानव जगतको भयाबह अवस्था आउन सक्छ ।

  बैज्ञानिकहरुका अनुसार यो पृथ्वी करौडौ बर्षदेखि सुर्यको कारण नै जीवन योग्य बन्दै आयो । यस क्रममा जीवनका अनेकौ प्रजातिहरु बदलीए, अनेकौ भाइरसहरु देखिए, बिलाए, अझै कति देखिन्छन् । बिज्ञानको खोजले जीवनको गतीलाइ तिब्रतर बनाउदै ल्याएको छ । बैज्ञानिकहरुले भाइरसहरुका उत्पत्ति, बिकास, प्रसार , प्रभाव र तिनको बिनासका बारेमा जति खोज गर्दैछन्, त्यति अपुर्ण छन् । भबिश्यमा मानब बुद्धिले बनाएको अर्को कृतिम रोबोटीक बुद्धिले संसार संचालित भयो भने कुनै भाइरसबाट मानवको यो नश्ल बिनाश गराइ उन्नत र नया नश्ल पैदा पनि हुन सक्छ । एउटा छुट्टै प्राणी जगत भएको पृथ्बी रहन सक्छ । त्यतिबेला यो ब्रह्माण्डको इतिहासमा आजको भाइरसको पनि केही न केही देन अबश्य हुनेछ ।

 अब लगभग यो चाहि पक्का हुदैछ की नया नया भाइरसहरुको मानवीय संक्रमण यस दुनियाबाट अन्त गर्न असम्भब हुनेछ, यसैले अन्य फ्लुका भाइरस जस्तै नोबल कोरोनालाइ पनि आत्मसात गर्नुको बिकल्प छैन । यदि यसले पनि आफ्नो स्वरुप परिबर्तन गर्दै जान थालेपछि भने यसको खोप बनाएर सधैका लागि यसको अन्त गर्न झनै सम्भब हुने छैन । यो दुनियामा रुघाखोकी जस्तै यो कोबीड १९ पनि हाम्रो बेला बखतको साथी भइरहनेछ । यसका बिरुद्ध हाम्रो शरीरले चाडो तयारी गर्ने बन्दै गएपछि सम्भबत यो भाइरसको संक्रमण दर बढे पनि यस्को सांघातिकता धेरै कम हुनेछ । यसबाट कसैको मृत्यु हुने छैन ।

  बिश्वका सर्बाधिक शक्तिशाली र धनि भनिएका देशहरु पनि पराजित जस्तै भएको यस अबस्थामा गरीब देशहरुको स्थिति झन कठीन भए पनि उनीहरुलाइ परिस्थिती संगै हिंडन सजिलो छ किनकी शक्तिको मादकता भएकालाइ पराजय स्वीकार्न अत्यन्त पीडादायी र लामो समय लाग्छ । तर कमजोरहरु पराजयसंगै जीबनलाई सजिलो बनाउन चाडै सिक्छन् । नेपाल जस्ता देशहरुले अब भाइरससंग लड्ने होइन, बरु यसलाई आत्मसात गरी हिड्ने हो, सरकारहरुले जन आकांक्षा अनुसार मानिसहरुले भोगेको मानसिक पिडालाइ कम गर्ने, गास बास कपासको ब्यबस्था गर्ने  र शिक्षा र स्वास्थ्यलाइ युग अनुसार परिबर्तन गर्ने सुबर्ण मौकाका रुपामा यो समयलाइ लिनु पर्दछ ।

 



ट्रेन्डिङ