धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सचिवालय सदस्यहरु थापा र पोखरेल ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि बैठक स्थगित

सचिवालय सदस्यहरु थापा र पोखरेल ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि बैठक स्थगित

काठमाडौं

  दुई जना सचिवालय सदस्यहरु कन्ट्याक्ट कन्ट्याक्ट ट्रेसिङमा परेपछि  नेपाल कम्युनिष्ट पार्टीको शनिबार बोलाइएको सचिवालय बैठक स्थगित भएको छ ।

  नेकपाका सचिवालय सदस्यहरु राम बहादुर थापा बादल र ईश्वर पोखरेल कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्  ।

   अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तापछि बैठक स्थगित गरिएको हो ।

   नेकपा कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनबारे शनिबारको सचिवालय बैठकमा छलफल गरिने कार्यक्रम थियो । नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच गत मंगलबार भएको छलफलपछि शनिबारका लागि बैठक तय गरिएको थियो ।

   गत आइतबार बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को बैठकमा सहभागी हुँदा चिया उपलब्ध गराउने एक जना सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको ईश्वर पोखरेलका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।


ट्रेन्डिङ